झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पनि इञ्जिनियर जस्तै जस्तै रहेको बताउनुभएको छ ।
प्रोगेसिभ इञ्जिनियर्स एसोसिएसन प्रदेश १ को दोस्रो अधिवेशनको शनिबार झापामा उद्घाटन गर्दै अध्यक्ष ओलीले भन्नुभयो मेरो विषय इञ्जिनियरिङ होइन, तर मैले देशको इञ्जिनियरिङ नगरी भएको छैन, त्यसैले म पनि एउटा इञ्जिनियर जस्तै जस्तै हो ।ु
सबै मिलेर नयाँ नेपाल निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । देश निर्माण नै आफ्नो मुख्य उद्देश्य भएको भन्दै अध्यक्ष ओलीले आफू देश बनाउने अभियानमा हिँडिरहेको बताउनुभयो । उहाँले समृद्ध नेपाल सुखी नेपालीका लागि आधार तयार पार्ने काम भइरहेको बताउनुभयो ।
एमाले सरकारमा आएपछि कैयौं कामहरु भएका उहाँले बताउनुभयो । एमाले जित विकासका काम गर्यो विरोधीहरु त्यति आत्तिँदै गएका उहाँले बताउनुभयो । मंसिर ४ गते नयाँ नेपालको इञ्जिनियरिङ गर्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयो । लोकतन्त्र र राष्ट्रिय हितका लागि, स्थिरता स्थायित्व कायम गर्न र समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि मंसिर ४ को चुनाव जित्नैपर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले गठबन्धनले मसलको भाषा बोलेको बताउनुभयो । उहाँले भन्नुभयो गठबन्धनले राजनीतिक भाषा बोल्न छाड्यो,मसलको भाषा बोल्छ,यसो केही कुरा सोध्यो भने पहिले मसल देखाउँ,यस्तो पनि राजनीतिक दल हुन्छ तर गठबन्धन त्यस्तै छ ।ु
नागरिकता विधेयकबारे पुर्नविचारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्लाई पत्र पठाउँदा गठबन्धनका दलले मसल देखाएको अध्यक्ष ओलीले बताउनुभयो । ुराष्ट्रपतिले यो कुरा(कुरा मिलेको देखिएन यो कुरा विचार गर्नुस् भनेर संसद्लाई पत्र पठाउनुभयो, संविधानले नचिनेका(नजानेका ४ वटा मसलदार बाहिर कतातिर सडकमा बसेर निर्णय गरे,राष्ट्रपतिले संसद्लाई पो पत्र पठाएको मसलेहरुलाई हो र तर संसद्मा पत्र आउन पाएको छैन मसलेहरुले बाहिरै मसल देखाएर राष्ट्रपतिले पठाएको पत्र हेर्दै नहेरी जस्ताको तस्तै छक्का हाने, के को छलफल के को घमण्ड रुु( उहाँको प्रश्न छ ।
संसद्जस्तो गरिमामय ठाउँको मर्यादा समेत गठबन्धनले राख्न नसकेको अध्यक्ष ओलीले बताउनुभयो । यस्ताहरुको हातमा गएकै कारण देशको हालत खराब रहेको भन्दै अध्यक्ष ओलीले भोलि गठबन्धनको सरकार बन्यो बने देश झन् बर्बाद हुने बताउनुभयो । उहाँले भन्नुभयो यो त परमादेशले बनेको हो तैपनि यस्तो छ,भोलि जनादेश पनि प्राप्त गरे भने यिनीहरु कसरी उफ्रिन्छन् यिनीहरुले मान्छे कुट्दै हिँड्छन् बाटाबाटा,चड्याम्म हान्छन् कि हानेको भन्दा हाम्रो सरकार छ भन्छन् ।
गठबन्धनमा देशप्रति माया भएका मान्छेहरु नरहेका समेत अध्यक्ष ओलीले बताउनुभयो । एमसीसीलाई पत्र लेख्ने नेपाली जनतालाई लेखेको होइन भनेर ढाट्ने गरेका अध्यक्ष ओलीले बताउनुभयो ।





प्रतिक्रिया