काठमाडौ- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार राती ९ः३० बजे गिरिको निधन भएको हो ।
भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना हुनु भएको थियो । पछिल्ला घण्टाहरुमा निमोनिया फैलिँदै गएर शरीरका अंगहरुले काम गर्न छाड्दै गएको थियो । शनिबार साँझ ९ः३० बजे निधन भएको कांग्रेस संसदीय दलले वक्तव्य जारी गर्दै जानकारी दिएको छ ।
गीरीको पार्थिव शरीरलाई आज विहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिनेछ । विहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचेतक मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।





प्रतिक्रिया