अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन एमालेका लागि झुसिलकिरा : अध्यक्ष ओली

गठबन्धन एमालेका लागि झुसिलकिरा : अध्यक्ष ओली


झापा -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन एमालेका लागि झुसिलकिरा भएको बताउनुभएको छ ।
अखिल नेपाल महिला संघको नवौं जिल्ला अधिवेशनको उद्ध्घाटन गर्दै अध्यक्ष ओलीले देशलाई लुट्न गुटबन्दी गरेका गठबन्धन नामका झुसिलकिरालाई मंसिर ४ पछि एमालेले ठेगान लाउने बताउनुभयो । ‘एमाले आँछ्यु खायो बछ्युँ खायो गठबन्धन नामको झुसिलकिराको के हिसाब’ अध्यक्ष ओलीले भन्नुभयो ‘त्यस कारण यस्ताहरुसँग डराउनु पर्दैन ।’


अध्यक्ष ओलीले अनेम संघलाई टोल टोलमा संगठन र घरघरमा सदस्य बनाउन निर्देशन दिनुभएको छ ।
अध्यक्ष ओलीले झापा जिल्लामा एमालेलाई बलियो बनाउने र चुनाव जिताउन महिलाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
अध्यक्ष ओलीले झापा जिल्ला एमालेको जन्मथलो भएकोले यस जिल्लालाई गढको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।