अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवाबाट प्रदीप गिरीप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री देउवाबाट प्रदीप गिरीप्रति श्रद्धाञ्जली


काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको गिरीको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जली र सम्मान अपर्ण गर्नुभएको हो । यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ,  महामन्त्री गगन थापालगायतले गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरीको उपचारका क्रममा गएराति निधन भएको थियो । उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ । उहाँको पार्थिव शरीर अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पु¥याइएको हो ।