अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झलनाथ खनाल र विष्णु पौडेलको जम्काभेट

झलनाथ खनाल र विष्णु पौडेलको जम्काभेट


काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको जम्काभेट भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा खनाल र पौडेलबीच जम्काभेट भएको हो। दुई नेताहरूको बीचमा पार्टी एकताको आवश्यकता बोधको भाव व्यक्त देखिएको नेकपा एसका केन्द्रीय सदस्य डाक्टर बालकृष्ण चापागाईँले बताउनु भयो । आफूले नेताहरूलाई पार्टी एकताको पहल गर्न भनेपछि उहाँहरू मुसुमुसु हाँसेको बताउनु भयो ।

भेटको क्रममा खनालले पौडेललाई पार्टी एकताको पहल गर्न आग्रह गरेको समेत बताउनु भयो । माधव नेपाल र झलनाथ खनाललगायतका शीर्ष नेताहरूले गत भदौमा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी गठन गरेको थिए। अहिले उहाँहरू एमाले विरुद्धको सत्ता गठबन्धनमा सामेल छन्।

खनाल एमालेका पूर्वअध्यक्षसमेत हुन् । एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि खनाल र पौडेलको बाटो अलग भएको थियो । खनालले बेलाबेला एमालेसँगको सहकार्यका कुरा गर्दै आएका छन् । खनालले सत्ता गठबन्धनबाटै आफू अन्तिम पटक इलाम १ बाट चुनाव लड्ने बताइसक्नुभएको छ ।