अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सरकारमा आएर नागरिकता विधेयक सच्याउँछ: योगेश भट्टराई

एमाले सरकारमा आएर नागरिकता विधेयक सच्याउँछ: योगेश भट्टराई


रामेछाप – नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारले संसद्‌बाट बलपूर्वक पारित गरेको नागरिकता विधेयक एमालेको सरकार आएपछि परिवर्तन गर्ने बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल रामेछापले आज रामेछापको मन्थलीमा राखेको पत्रकार भेटघाटका क्रममा सचिव भट्टराईले राष्ट्रपतिले संसद्‌मा फिर्ता गरेको नागरिकता विधेयकलाई शेरबहादुर देउवा सरकारले बलपूर्वक पास गरेको आरोप लगाउनु भयो ।

सचिव भट्टराईले भन्नुभयो, ‘दोस्रोपल्ट गएको विधेयक राष्ट्रपतिले प्रमाणित गर्नुभन्दा अर्को बाटो छैन, त्यसैले मंसिरपछि एमालेको सरकार आउँछ र त्यो कानून सुधार गर्छ ।’

वर्तमान गठबन्धनको सरकार विचार नमिल्नेहरूको समूह भएको भन्दै भट्टराईले विचार र सिद्धान्त नमिल्नेको गठबन्धन सम्भव नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘कानुनबाट नेपालमा कमलरी र कमारा प्रथाको अन्त्य भए पनि माधवजी र प्रचण्डहरू शेरबहादुर देउवाको कमलरी र कमारा बस्न गएका छन्।’