अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले तीज विशेष कार्यक्रम गर्ने

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले तीज विशेष कार्यक्रम गर्ने


काठमाडौं – नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज विशेष तथा भेटघाट कार्यक्रम गर्ने भएको छ । सम्पर्क मञ्चको पाँचौं मासिक बैठकले तीज तथा जितीया पर्व कार्यक्रम गर्ने निर्णय गरेको हो ।

गत वर्ष झैं यस वर्ष पनि कला, संस्कृति, रितिरीवाजको संरक्षण गर्दै उदयपुरबाट काठमाडौंमा आई बसोबास गर्ने दिदीबहिनी तथा दाजुभाइहरुबीच आत्मियता साटासाट गर्दै तीज मनाउन यही भदौ १० गते कार्यक्रम गर्न लागेको उदयपुर-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष उमाकान्त चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘महिलाहरुको महान पर्व तीज कार्यक्रम काठमाडौंको मिनभवनस्थित मिनभवन क्राउन बेङ्क्वेटमा गर्न गइरहेका छौं । सो कार्यक्रममा सम्पूर्ण दिदीबहिनी तथा महानुभावहरुलाई रमाइलोसँग नाचगान गर्दै मनाउनका लागि उपस्थिति भइदिनु हुन हार्दिक अनुरोध गर्दछु ।’

सम्पर्क मञ्चको मासिक बैठकका प्रमुख अतिथि १ नम्बर प्रदेश कमिटीका सचिवालय सदस्य अम्मरबहादुर रायमाझी हुनुहुन्थ्यो । त्यसैगरी अतिथि प्रदेश सम्पर्क कमिटि प्रदेश-१ का सचिवालय सदस्य भीम दर्नाल हुनुहुन्थ्यो । यसैगरी मञ्चको बैठकमा विद्यार्थी तथा युवा संघ नेपालका नेताहरुको पनि सहभागिता रहेको थियो ।

जिल्लाबाट काठमाडौंमा आएर विभिन्न क्षेत्रमा छरिएर रहेका दिदीबहिनीहरुलाई एकै ठाउँमा जम्मा गराई भेटघाट तथा तीज कार्यक्रम गर्न लागेकोमा नेता रायमाझीले खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘तीज पर्वका नाममा विकृति पनि भित्रिन सक्ने भएकाेले यस पर्वलाई देखासिकी र भड्किलो नभई सरल तथा सहज तरिकाले मनाउनुपर्छ ।’