अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा निर्वाचन : राप्रपामा सिन्धुपाल्चोक २ बाट पशुपति शमशेरको नाम सिफारिस

प्रतिनिधि सभा निर्वाचन : राप्रपामा सिन्धुपाल्चोक २ बाट पशुपति शमशेरको नाम सिफारिस


सिन्धुपाल्चोक – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको सिन्धुपाल्चोक २ नम्बर क्षेत्रीय कार्य समितिले उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ।

जसअनुसार सिन्धुपाल्चोकबाट प्रत्यक्षतर्फ पशुपति शम्सेर जबराको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ।

जिल्ला अध्यक्ष कुमारी तामाङले पठाएको सिफारिसमा जबरासहित नरसिंह श्रेष्ठ, गुनु पाख्रिन, गोपीकृष्ण चौलागाईँ र लिलादेवी चौलागाईँको नाम सिफारिस गरिएको छ।