बुटवल- आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनअघि नै अस्थायी मुकाम बुटवलबाट प्रदेश सभाको कार्यालय दाङ सार्ने तयारी भएकोले त्यसको विरोध भएको छ । ।
मुुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा प्रदेश सभाको भवन निर्माण पूरा नभए पनि हतार(हतार दाङमा सामान सार्न कर्मचारीलाई निर्देशन दिइएको भन्दै सत्ता पक्षकै सांसदले आपत्ति जनाएका छन् । अहिले प्रदेश सभा भवनको बाहिरी काम सकिए पनि फिनिसिङ, एसी जडान, कुर्सी व्यवस्थापन, साउण्ड सिस्टम जडान, फर्निचरको कामहरु पूरा भएको छैन ।
संघ र प्रदेशसभाको निर्वाचन मंसिर ४ का लागि तोकिएपछि निर्वाचनअघि एक पटक भए पनि प्रदेश सभा चलाउने गरि काम गर्न निर्देशन दिइएको कर्मचारीहरु बताउँछन् ।
तत्काल विद्युत जडान नहुने भएपछि बुटवलस्थित प्रदेश सभा भवनको जेनेरेटर लगेर काम चलाउन प्रदेश सभाका सचिवले निर्देशन दिएका छन् ।
विपक्षी नेकपा एमालेले निर्वाचनको मिति घोषणा भएपछि भवन तयार नहुँदै प्रदेश सभा सार्ने सरकारको तयारी गलत नियतका साथ आएको बताएको छ ।
प्रदेश सभा सार्ने विषयमा सरकारको निर्णय, सबै दल र सांसदसँग परामर्श हुनुपर्नेमा छापामार शैलीमा सार्न खोजिएको एमाले सांसदहरु बताउँछन् ।





प्रतिक्रिया