अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दलहरुसँग निर्वाचन आयोगले आज छलफल गर्ने

दलहरुसँग निर्वाचन आयोगले आज छलफल गर्ने


काठमाडौ- मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दैछ । बिहान साढे ११ बजेदेखि हुने छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका प्रतिनिधिलाई बोलाइएको आयोगले जनाएको छ ।

आयोगले निर्वाचन आचारसंहितामा केही परिमार्जन लगायतका विषयमा पनि दलबाट परामर्श लिन लागेको छ । यसअघि चुनावका लागि अनुमानित १० अर्ब बजेट तयार गरी आयोगले अर्थमन्त्रालयमा स्वीकृतिका लागि पठाइसकिएको छ ।