काठमाडौं – नेपाल विद्यालय कर्मचारी परिषदले देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेको छ ।
सरकारले माग सम्बोधन नगरेको भन्दै यही भदौ १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक बन्द गर्ने कर्मचारी परिषदले घोषणा गरेको हो।
कर्मचारी परिषदले अन्य आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गरेको छ । भदौ ९ गते विरोध र्याली प्रदर्शन खुल्लामञ्चदेखि माइतीघर मण्डलासम्म गर्ने भएको छ । त्यसैगरी १० र ११ गतेसम्म डिजिटल आन्दोलन र १९ गतेको दिन काठमाडौंमा बृहत् प्रदर्शन गर्ने कर्मचारी परिषदले प्रेस विज्ञप्तिमा जनाएको छ।
परिषद्का उपमहासचिव प्रेमबहादुर खत्रीले भन्नुभो, ‘सरकारले हाम्रा माग पूरै बेवास्ता गरेकाले यस्तो कठोर निर्णय लिनुपरेको हो । आफूहरूका माग पूरा नभए अझ सशक्त विरोधका कार्यक्रम गर्ने छौँ।’
यसअघि पनि कर्मचारीहरुले विभिन्न आन्दोलन गरिसकेका छन्। विद्यालय कर्मचारी सहायक (लेखापाल)का लागि ३४ हजार ७३० तलब कायम हुनुपर्ने, विद्यालय सहयोगीहरूका लागि २४ हजार २१० तलब कायम हुनुपर्ने, संघीय शिक्षा ऐन शिक्षा ऐन २०२८ को संशोधनमा प्रबन्ध गरिनु पर्ने लगायत उनीहरुको माग छ।
प्रतिक्रिया