अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङ ३ बाट चुनाव लड्ने स्वास्थ्य राज्यमन्त्री केसी हिराचन्द्रको घोषणा

दाङ ३ बाट चुनाव लड्ने स्वास्थ्य राज्यमन्त्री केसी हिराचन्द्रको घोषणा


तुलसीपुर – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले दाङ क्षेत्र नं. ३ मा उम्मेदवारका लागि आफ्नो दाबी रहने बताउनु भएको छ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका केसीले यसअघि पनि आफू यही क्षेत्रबाट निर्वाचित भएकाले आगामी निर्वाचनमा पनि स्वभाविक रुपमा दाबी रहेको बताउनु भयो ।

आज तुलसीपुरमा आयोजित भेटघाटका क्रममा उहाँले गठबन्धनबाटै चुनावमा जानुपर्ने अवस्था रहेको भएपनि सो क्षेत्रमा आफ्नो शसक्त दाबी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो क्षेत्रमा मेरो पहिलो दाबी रहन्छ । म सशक्त ब्यक्ती पनि हुँ ।’