अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्युठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते

प्युठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते


प्युठान – प्यूठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

दाङको भालुवाङबाट प्यूठान बाग्दुला तर्फ जादै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका-४ कुडुलेमा दुर्घटना भएको हो ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ भने अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घाइतेहरुलाई उद्धारपछि ६ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । बाँकी तीन जनाको भने प्युठानको साझा पोलिक्लिनमा उपचार भइरहेको जनाएको छ ।

ब्रेक फेल भएर गाडी अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले बताएको छ । गाडी सडकबाट करीब २० मिटर तल खसेको थियो। गाडीमा चालक सहित १४ जना सवार थिए ।