अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी निर्वाचनमा उम्मेदवारले १० वटासम्म राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने प्रस्ताव

आगामी निर्वाचनमा उम्मेदवारले १० वटासम्म राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने प्रस्ताव


काठमाडौं – आगामी मंसीर प्रतिनिधिसभा र प्रदेशसभा सदस्‍य निर्वाचनमा उम्मेदवारवालाई बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने प्रस्ताव गरेको छ ।

निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा दल वा उम्मेदवारले बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने प्रस्ताव आएको हो ।

‘दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने,’ निर्वाचन आचारसंहिताको प्रस्तावमा उल्लेख छ ।

यसअघिका निर्वाचनमा राष्ट्रिय झण्डाबारे केही उल्लेख नभएता पनि यसपाली गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले राष्ट्रिय झण्डाको प्रयोग गरेपछि त्यसबारे प्रश्न उठेको थियो ।

यसपटक प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि स्वतन्त्र उम्मेदवारहरु उठ्ने देखिएको र उनीहरुले राष्ट्रिय झण्डा नै प्रयोग गर्ने भएकाले पछि विवाद नआओस् भनेर निर्वाचन आयोगले यो प्रस्ताव ल्याएको हो ।