अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाबुराम भट्टाराईको साथ छाड्दै केन्द्रीय उपाध्यक्ष चौधरी एमालेमा प्रवेश

बाबुराम भट्टाराईको साथ छाड्दै केन्द्रीय उपाध्यक्ष चौधरी एमालेमा प्रवेश


काठमाडौं – डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुर चौधरी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

जसपाबाट विद्रोह गरेर नेपाल समाजवादी पार्टीको संस्थापक उपाध्यक्ष बन्नुभएका चौधरी एमाले प्रवेश गर्नुभएको हो ।

आज नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा चौधरीसहित नेसपाका लुम्बिनीका नेताहरू पार्टी प्रवेश गरेका हुन् ।

२०५६ सालमा एमालेबाट कपिलवस्तु २ को सांसद निर्वाचित हुनुभएका चौधरी मधेस आन्दोलनसँगै तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध भएर चुनाव लड्नु भएको थियो । उहाँ यसबीचमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेका थिए ।

चौधरी १५ वर्षपछि पुनःएमालेमा फर्किएका हुन् । सोही कार्यक्रममा दाङको बंगलाचुली गाउँपालिकाका पूर्व उपाध्यक्ष यमुना थापा मगर पनि माओवादी त्यागेर एमालेमा प्रवेश गर्नु भएको छ ।

नव प्रवेशीलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, सल्लाहकार परिषद्का सभापति अमृत बोहोरा लगायतका नेताले स्वागत गर्नु भयो ।