काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलिय गठबन्धनका नेताहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग हो भन्न समेत डराएको टिप्पणी गर्नुभएको छ ।
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुर चौधरी, माओवादी केन्द्रीय सदस्य तथा चौताराका पूर्वमेयर अमानसिंह तामाङसहितलाई एमाले प्रवेश गराउँदै अध्यक्ष ओलीले बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘भारत रिसाउँछ भनेर गठबन्धन दलका नेताहरुले आफ्नो भूमि नेपालको हो सकेन ।’
‘शेरबहादुर देउवाजीलाई म सोध्न चाहान्छु- तपाईंकै प्रदेश र जिल्लासँग जोडिएको दार्चुलाको नक्सामा हामीले समेटेको लिम्पियाधुरा, लिपुलेक र कालापानी कसको हो ? बोल्ने हिम्मत छ ? आफूलाई क्रान्तिकारी भन्ने प्रचण्डलाई बोल्ने हिम्मत छ ?’
अध्यक्ष ओलीले भन्नुभयो, ‘सुगौली सन्धीले कायम गरेको हाम्रो भू-भाग ६० वर्षअघि भारतलाई प्रयोग गर्न दिइएछ । यसबीचमा कसैले बोलेनन्, मैले त्यो भूभाग समेटेर हाम्रो नक्सा बनाएपछि भारत रिसायो भनेर अहिलेका गठबन्धनका नेताहरु म्याउँ म्याउँ गरिरहेका छन् ।
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका क्रममा नक्सामा समेटिएको जग्गा नेपालको हो भनेर एक शब्द पनि बोल्न नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रचण्डको कुरै नगरौं, भारत भ्रमणमा जाँदासमेत केही नभनी फर्कनुभयो ।’
‘शेरबहादुर देउवाजीलाई म सोध्न चाहान्छु- तपाईंकै प्रदेश र जिल्लासँग जोडिएको दार्चुलाको नक्सामा हामीले समेटेको लिम्पियाधुरा, लिपुलेक र कालापानी कसको हो ? बोल्ने हिम्मत छ ? आफूलाई क्रान्तिकारी भन्ने प्रचण्डलाई बोल्ने हिम्मत छ ?’ भन्नुहुँदै अध्यक्ष ओलीले प्रश्न गर्नुभयो ।
अध्यक्ष ओलीले गठबन्धनको नाममा नीतिगत भ्रष्टाचार गरेर देश सिध्याउन खेल भएको आरोप समेत लगाउनु भयो ।





प्रतिक्रिया