अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनमा महिलाहरु खुला प्रतिष्पर्धा गर्न चाहन्छौं : गीता कार्की

निर्वाचनमा महिलाहरु खुला प्रतिष्पर्धा गर्न चाहन्छौं : गीता कार्की


काठमाडौं – नेकपा एमाले केन्द्रीय सदस्य गीता कार्कीले गठबन्धनले देश माथि गरेको ज्याजति विरुद्धको बहस मतदाताको बिचमा लैजानु पर्ने बताउनुभएको छ ।

आउने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनबाट गठबन्धनलाई पराजित गर्नुपर्ने उहाँले बताउनुभयो । ‘हरेक ठाउँमा गठबन्धन विरुद्धको बहस चलाउनुपर्छ’, नेकपा एमाले रामेछाप मन्थली नगर कमिटीले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै कार्कीले बताउनुभयो ।

पार्टीले आउने प्रदेश र संघको निर्वाचनमा महिलालाई समानुपातिकमा मात्र होइन खुल्ला प्रतिस्पर्धामा पनि पर्याप्त स्थान दिनुपर्ने उहाँले बताउनुभयो । ‘मार्क्सवाद अध्ययन गरेका महिला कमजोर छैनन्, अवसर दिनुपर्छ, महिलालाई समानुपातिकमा मात्र होइन खुल्ला प्रतिस्पर्धामा पनि पर्याप्त स्थान दिनुपर्छ’, कार्कीले भन्नुभयो ।

अन्य क्षेत्रमा होइन महिलाको मुख्य ठाउँमा सहभागिता बढाउनु पर्नेमा उहाँले जोड दिन्छु । ‘महिला अधिकार बाँडफाँड हुने ठाउँमा महिलाको सहभागिता बढाउन आवश्यक छ’, कार्की भन्नुहुन्छ ।

समतामूलक समाज बनाउन र समाज परिवर्तनको लागि महिला सहभागिता जरुरी रहेको कार्कीले बताउनुभयो । त्यसको लागि निर्णायक निकायमा महिला सहभागिता जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।

नागरिकको समस्यामा नेताहरू एकाकार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । जनताको समस्यामा जोडिन सकिएन भने नागरिकको मन जित्न नसकिने उहाँले बताउनुभयो ।