अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनयुद्धमा घाइते भएका लडाकुको उपचार अब एमालेले गर्छ : अध्यक्ष ओली

जनयुद्धमा घाइते भएका लडाकुको उपचार अब एमालेले गर्छ : अध्यक्ष ओली


प्रचण्ड गठबन्धनबाट प्रधानमन्त्री बन्ने लोभमा छन् । तर द्वन्द्व पीडितको वेवास्ता गरेका छन् । गोली लागेका लडाकुहरु एमालेको केन्द्रीय कार्यालयमा आउनुस्। तपाईंहरुको उपचार एमालेले गर्छ ।

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धमा घाइते भएका लडाकुको उपचार अब एमालेले गर्ने बताउनु भएको छ ।

सोमबार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनु भएको हो ।

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बन्ने लोभमा घाइते तथा द्वन्द्व पीडितको वेवास्ता गरेको आरोप लगानुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड गठबन्धनबाट प्रधानमन्त्री बन्ने लोभमा छन् । तीन पटक प्रधानमन्त्री बन्नु पर्‍यो भन्दै दाउ हेरिरहेका छन् । तर घाइतेहरुको वेवास्ता गरेका छन्। गोली लागेका लडाकुहरु एमालेको केन्द्रीय कार्यालयमा आउनुस्। तपाईंहरुको उपचार एमालेले गर्छ ।’

जनयुद्धका लडाकुको व्यवस्थापनमा भन्दा प्रचण्ड परिवारको व्यवस्थापनमा लागेको ओलीले बताउनु भयो। उहाँले भन्नुभयो, ‘प्रचण्डका सात पुस्ता वरपर हेर्नुस् त युरिया हालेजत्तिकै छन् । तर लडाकु र योद्धाको के हालत छ । शान्ति प्रक्रियाका काम पीडितहरुलाई न्याय दिने गरी टुंग्याइनु पर्छ। त्यो काम एमालेले गर्छ। प्रचण्डले गर्दैनन् ।’