काठमाडौं – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिंह तामाङ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयमा सिन्धुपाल्चोक जिल्ला कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तामाङसहित सिन्धुपाल्चोकका नेता/कार्यकर्तालाई पार्टी प्रवेश गराउनु भएको हो ।
तामाङ २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए।
पार्टीले जिम्मेवारी बाँडफाँट गर्ने विषयमा आफूलाई पक्षपात गरेको तामाङको आरोप छ । आफ्नो मूल्यांकन नगरेको, परिवारवाद हावी भएको लगायतका कारण देखाउँदै तामाङ एमाले प्रवेश गरेका हुन्।





प्रतिक्रिया