अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वन्यायाधीश केसीलाई अध्यक्ष ओलीको प्रश्न- कसरी न्यायाधीशमा छानिए ?

पूर्वन्यायाधीश केसीलाई अध्यक्ष ओलीको प्रश्न- कसरी न्यायाधीशमा छानिए ?


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व न्यायाधीश बलराम केसीमाथि टिप्पणी गर्नुभएको छ । ‘नागरिकता विधेयकका नाममा राजनीति’ भन्ने लेख लेखेको भन्दै उहाँले केसीमाथि आलोचना गर्नुभएको हो ।

आज सिन्धुपाल्चोकका माओवादी केन्द्रका नेता-कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले भन्नुभयो, ‘कांग्रेस भन्ने जात नै पूर्व न्यायाधीश भएर पनि वुद्धि ठेगानमा हुँदोरहेनछ कि क्या हो ?’

राष्ट्रपतिमाथि अमर्यादित हमला गरेको भन्दै ओली भन्नुहुन्छ ‘संविधान बुझेकै रहेनछन्, कसरी बीएल पास गरे ? कसरी न्यायाधीशमा छानिए ? के न्याय दिए होलान् मान्छेहरुलाई ?’

राष्ट्रपतिले विचार गर भनेर पठाएपछि नागरिकता विधेयकमाथि संसदमा छलफल गर्नुपर्नेमा संविधानले नचिनेका ‘केही पाखुरेहरु’ बसेर जस्ताको तस्तै पास गर्ने निर्णय गरेको ओलीले बताउनु भयो । यो संसदमाथि हमला भएको उहाँको दाबी छ ।