अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा बन्दको असर सामान्य

काठमाडौंमा बन्दको असर सामान्य


काठमाडौ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको आंशिक असर देशको केन्द्रीय राजधानी काठमाडौंमा पनि परेको छ। बन्दका कारण काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक सवारीसधान पातलो मात्र चलेका छन्। बिहानैदेखि खुल्ने पसल पनि कम मात्र खुलेका छन्।
सरकारविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले संयुक्त रूपमा आज नेपाल बन्दको घोषणा गरेका हुन्।