अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजार र यातायात बन्द गर्दै हिडेका विप्लव कार्यकर्ता र प्रहरीबीच बनेपामा लछारपछार

बजार र यातायात बन्द गर्दै हिडेका विप्लव कार्यकर्ता र प्रहरीबीच बनेपामा लछारपछार


बनेपा- काभ्रेको बनेपामा प्रहरी र बन्दकर्ताबीच लछारपछार भएको छ।
विप्लव सहित ४ कम्युनिस्ट पार्टीले नेपाल बनदको घोषणा गरेका छन्। बन्द गराउन सडकमा निस्किएका बन्दकर्ता र नेपाल प्रहरीबीच घम्साघम्सी भएपछि केहीबेर बनेपा तनावग्रस्त बनेको छ। प्रहरीले केही बन्दकर्तालाई पक्राउ समेत गरेको छ।

मंगलबार बिहानैदेखि उपत्यका लगायत देशका विभिन्न ठाउँमा बन्दको प्रभाव देखिन थालेका छन्।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन्।