अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजार र यातायात बन्द गर्दै हिड्ने १६ जना पक्राउ

बजार र यातायात बन्द गर्दै हिड्ने १६ जना पक्राउ


काठमाडौ- उपत्यकाका विभिन्न ठाउँमा बजार र यातायात बन्दै गराउँदै हिँडेका १६ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।
बन्दकर्ताले कोटेश्वरमा महासागर यातायात, थापागाउँमा नेपाल यातायात गाडी तोडफोड गरेका छन् । यस्तै डिल्लीबजारको सफ्टवारिका कलेज पनि तोडफोड भएको तोडफोड भएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिनुभयो ।

आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले बन्दको आवह्रान गरेका हुन् ।