काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी आफ्नै चुनाव चिह्नमा निर्वाचनमा जाने बताउनु भएको छ ।
आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँन्ग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो ।
माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी भएपनि आगामी निर्वाचनमा भने आफ्नै चुनाव चिन्हमा लड्ने स्पष्ट पार्नुभयो ।
पाँच दलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्ने उहाँको भनाई छ। उहाँले माओवादी केन्द्रसँग चुनावअघि एकता सम्भव नरहेको र त्यसपछि एकतालाई अघि बढाउन एकता संयोजन समिति बनाउने तयारी भइरहेको जानकारी दिनु भयो ।
सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालबीचको भएको भेटमा दुई पार्टीले एउटै घोषणापत्र लिएर निर्वाचनमा जाने तयारी गरेको बताइएको थियो ।





प्रतिक्रिया