इटहरी – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी मंसीर ४ गते हुने निर्वाचनमा प्रदेश संरचना खारेजीको मागको एजेन्डा लिएर जाने बताउनु भएको छ ।
अध्यक्ष थापाले प्रदेश संरचना खारेजीको मुद्दामा सहमति हुने ठूला राजनीतिक दलसँग गठबन्धन बन्न सक्ने समेत बताउनु भयो ।
मंगलबार सुनसरीको इटहरीमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री र प्रदेश खारेजी मुख्य एजेन्डा लिएर चुनावमा जाने बताउनु भयो ।
चुनावमा गठबन्धन गर्न अन्य राजनीतिक दलसँग छलफल चलिरहेको बताउँदै अध्यक्ष थापाले नेकपा एमालेसँग सकारात्मक कुरा भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘देखिएका समस्यालाई समाधान गर्न हामी एक्लै चुनाव लडे जित सकिँदैन। ठूलो पार्टीसँग सहकार्य गर्ने तयारीमा छौँ, त्यो नेकपा एमाले हुन सक्छ ।’





प्रतिक्रिया