अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाहीमा आजबाट फाइजर खोप

सर्लाहीमा आजबाट फाइजर खोप


सर्लाही – सर्लाहीका सबै  स्थानीय निकायमा कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाइने भएको छ । आजबाट जिल्लाका सबै स्थानीय निकायका ५ देखि १२ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने  जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ।

जिल्लाको मलङ्गवा नगरपालिकाबाहेक अरू १९ वटा स्थानीय निकायमा सोमबार नै खोप पु¥याइएको र मलङ्गवामा मङ्गलबार नै खोप पु¥याइने स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा नवलकिशोर झाले जानकारी दिनुभयो । उहाँका अनुसार जल्लाका २० वटै स्थानीय निकायमा एकैसाथ खोप कार्यक्रम चल्नेछ। बालबालिकालाई खोप लगाउन जिल्लाका स्थानीय निकायहरुले तालिका पनि बनाइसकेका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा एक लाख ४० हजार डोज खोप आइपुगेको छ ।

खोप कार्यक्रम सञ्चालन गर्न केही दिनअघि स्वास्थ्यकर्मी र शिक्षकहरुलाई अभिमुखीकरण तालिमसमेत दिइएको थियो । ५ देखि १२ वर्ष उमेर समूहका करिब दुई सय जना विद्यार्थी रहेको विद्यालयमा त्यहीँ स्वास्थ्यकर्मी गएर खोप लगाइने छ भने सो सङ्ख्या नपुग्ने विद्यालयका विद्यार्थीलाई नजिकै अर्को विद्यालयमा लगेर खोप लगाइने छ ।