अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी र एससँग चुनावी गठबन्धन नहुने एमालेको निष्कर्ष

माओवादी र एससँग चुनावी गठबन्धन नहुने एमालेको निष्कर्ष


काठमाडौ-नेकपा एमालेले आगामी निर्वाचनमा माओवादी र नेकपा एससँग गठबन्धन नहुने स्पष्ट पारेको छ । एमाले एक्लै चुनावमा गए पनि बहुमतको सम्भावना बाँकी नै रहेको स्थायी कमिटी बैठकको निष्कर्ष छ ।
केही बेर अघि सकिएको स्थायी कमिटीको बैठकले गठबन्धनका विषयमा नेताहरुका फर फरक धारणा आउनु नहुने निर्णय गरेको छ । ‘काँग्रेस सँगको गठबन्धन छोडेर आए कुरा गर्न सकिन्छ नत्र अब कसैले पनि वाम गठबन्धनको भ्रम त्यागौ’ बैठकमा अध्यक्ष ओलीको भनाइ उधृत गर्दै एकजना स्थायी कमिटी सदस्यले भने ‘पार्टीको आन्तरिक एकता मजबुद बनाएर चुनावमा होमिनु पर्दछ ।’
बैठकपछि उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले १० र ११ गते हुने केन्द्रीय कमिटीका एजेण्डा पनि तय गरेको छ । त्यसमा उम्मेद्वारहरुको सिफारिसको मापदण्ड समेत प्रस्तावित गरिएको छ ।