अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको प्रतिवेदन : समानुपातिकलाई दोहोर्याउने कि नदोर्याउने कमरेडहरुको राय के छ ?

अध्यक्ष ओलीको प्रतिवेदन : समानुपातिकलाई दोहोर्याउने कि नदोर्याउने कमरेडहरुको राय के छ ?


काठमाडौं – नेकपा एमालेमा यस अघि समानुपातिक साँसद भइसकेका नेताहरुलाई त्यसै पदमा दोहोर्याउने कि नदोर्याउने भन्ने बहसको ढोका खुलेको छ ।
आजको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा यो विषय उल्लेख भए पछि बैठकमा पनि लामो छलफल चलेको थियो । अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठकमा नै प्रतिवेदन पूर्ण रुपमा बाचन भइहाल्छ भनेर मुख्य मुख्य बुँदाहरु स्थायी कमिटी बैठमा सुनाउनु भएको थियो ।
‘उम्मेद्वारको मापदण्डका विषयमा छलफल भयो । केही प्रस्तावहरु पनि तयार गरिएका छन्’ एमालेका एक पदाधिकारीले भन्नुभयो ‘समानुपातिकको विषय पनि प्रतिवेदनमा उल्लेख छ । जसमा समानुपातिक दोहोर्याउने कि नदोर्याउने कमरेडहरुको राय के छ भनिएको छ । ’
ति पदाधिकारीका अनुसार दुई पटकसम्म दोहोर्याएर तेस्रो पटकबाट बन्द गर्ने कि भन्ने तर्क केही स्थायी कमिटी सदस्यले गरेका छन् भने केहीले समानुपातिक आरक्षण जस्तो पद हो त्यसैले एकै व्यक्तिलाई दोहोर्याउनु हुदैन भन्ने तर्क पनि गरेका छन् । यस विषयलाई केन्द्रीय कमिटीले टुंगो लगाउने गरी छोडिएको छ ।
यसैगरी प्रदेश र संघीय निर्वाचनमा स्थानीय तहमा प्रतिष्पर्धा गरेर पराजितहरुलाई के गर्ने भन्ने बिषयमा पनि छलफल भएको छ । त्यसमा अधिकांस सदस्यहरुले उम्मेद्वारी पाउनु नै एउटा अवसर भएकोले पाँचवर्षे कार्यकालमा अर्को अवसर उही व्यक्तिलाई दिन नहुने मत बलियो बनेको थियो । तर स्थानीय चुनावमा अर्को पार्टीबाट एमाले प्रवेश गरेका लोकप्रिय मत ल्याएर पराजित भएका र संघ वा प्रदेशमा त्यस्ता व्यक्तिलाई टिकट दिएमा जित्ने प्रवल सम्भवना देखिएमा उनीहरुका हकमा यो नियम नलाग्ने मापदण्ड केन्द्रीय कमिटीमा प्रस्ताव गरिने भएको छ ।
केन्द्रीय कमिटी बैठक आगामी १० र ११ गते हुनेछ ।