अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको स्थायी कमिटी बैठक सम्पन्न

एमालेको स्थायी कमिटी बैठक सम्पन्न


काठमाडौं – नेकपा एमाले स्थायी कमिटीको चौथो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्यो ।

बैठकले स्थायी कमिटीको तेस्रो बैठकपछि सचिवालयले गरेका विभिन्न निर्णयहरू अनुमोदन गरेको छ । अध्यक्ष ओलीको संयोजकत्वमा गठन गरिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणापत्र मस्यौदा कार्यदल र निर्वाचन परिचालन कमिटी गठनको निर्णयलाई बैठकले अनुमोदन गरेको छ ।

 केन्द्रीय कमिटी तथा सल्लाहकार परिषद् र विभिन्न विभागका सचिव पदमा गरिएको मनोनयनको निर्णयलाई बैठकले अनुमोदन गरेको छ ।

बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदनका विषयमा संक्षिप्तमा जानकारी गराउनुभयो ।

बैठकमा प्रदेश इन्चार्जहरू प्रदेश–१ का देवराज घिमिरे, मधेश प्रदेशका रघुवीर महासेठ, बाग्मती प्रदेशका काशिनाथ अधिकारी, लुम्बिनी प्रदेशका छविलाल विश्वकर्मा, कर्णाली प्रदेशका यमलाल कँडेल र सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले आ–आफ्नो प्रदेशको राजनीतिक तथा सांगठानिक अवस्थाका बारेमा रिपोर्टिङ गर्नुभयो ।

बैठकमा सुवासचन्द्र नेम्वाङ, घनश्याम भुसाल, रघुजी पन्त, खगराज अधिकारी, प्रभु साह, कर्ण थापा, गुरु बराल, मणिचन्द्र थापा, शेरबहादुर तामाङ, शेरधन राई, गोरखबहादुर बोगटी र हिक्मत कार्कीले आ–आफ्ना धारणा राख्नुभएको थियो ।