अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीभित्रको एकता बलियो बनाउन एमाले अध्यक्ष ओलीको आग्रह

पार्टीभित्रको एकता बलियो बनाउन एमाले अध्यक्ष ओलीको आग्रह


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकता बलियो भएमा आउँदो निर्वाचनमा धेरै स्थानमा जित्न सकिने बताउनुभएको छ । एमालेमा गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको अन्तरघातबारे छानबिन चलिरहेको छ ।

एमालेको पर्सा जिल्ला कमिटीले आज काठमाडौँमा आयोजना कार्यक्रममा अध्यक्ष ओलीले आफू उम्मेदवार नभए वा अवसर नपाएमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने प्रवृत्ति त्यागेर जिताउने भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले जनता र कार्यकर्तासँग विनम्र, भद्र र शालीन भएर पार्टीको निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै पार्टीले निर्वाचन जितेर सरकारको नेतृत्व गर्ने स्थिति भएमा थप अवसर सिर्जना हुने विश्वास दिलाउनुभयो ।

पूर्व प्रधानमन्त्री ओलीले मधेसतिर जाँदा एमालेलाई मधेस विरोधी र पहाडतिर जाँदा पहाड विरोधी हो भनेर चलाइएका हल्ला गलत सावित भएकाले अबको निर्वाचनमा त्यस प्रकारको हल्लाको सामना गरिरहन नपर्ने स्पष्ट गर्नुभयो । उहाँले नागरिकता समस्यालाई वास्तविकरुपमा समाधान गर्ने पार्टी एमाले मात्रै भएको जिकिर गर्नुभयो ।