अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दलीय आवद्धता त्याग्न बालेनको विज्ञप्ती,कर्मचारी र शिक्षकहरुद्वारा प्रतिवादको चेतावनी

दलीय आवद्धता त्याग्न बालेनको विज्ञप्ती,कर्मचारी र शिक्षकहरुद्वारा प्रतिवादको चेतावनी

काठमाडौं -काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहहले कर्मचारी र शिक्षकलाई दलीय आवद्धता त्याग्न आग्रह गर्नु भएको छ । हिजो एक सुचना प्रकाशित गरी मेयर शाहहले राजनीतिक दलसम्बन्धी ऐनले बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाइने उल्लेख गरेको स्मरण गराउनुभएको छ ।
यस्तै, काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐनले पनि सो विषयलाई निषेध गरेको उहाँले स्मरण गराउनु भएको छ ।
दलीय आबद्धता कायम रहेका कर्मचारीलाई आबद्धता त्याग्न आग्रह गर्दै शाहले अन्यथा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
बालेनले उक्र विज्ञप्ती जारी गरेपछि कर्मचारी र शिक्षकहरुले दलीय आस्था राख्न पाउने आफ्नो राजनीतिक हकको खिलाफमा महानगर प्रमुखको विज्ञप्ती आएको भन्दै त्यसको खिलाफमा उत्रने चेतावनी दिएका छन् ।

बालेनको विज्ञप्ती

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा ९२० को खण्ड ९ग० ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ।

उक्त कानून कार्यान्वयन गर्नको लागि अजित भण्डारी विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत भएको ९मुद्दा नं। ०७८–डब्लुओ–०४०८० मुद्दामा उच्च अदालत पाटनबाट मिति २०७९।२।४ मा परमादेश समेत जारी भएको छ। काठमाडौं महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ ले पनि गरेको छ।

उक्त कानूनी व्यवस्था तथा सम्मानित उच्च अदालत पाटनको आदेशको परिपालना गर्नु गराउनु काठमाडौं महानगरपालिकाको साथसाथै प्रत्येक राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्था तथा महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दायित्व हो। काठमाडौं महानगरपालिकाको कार्यक्षेत्र भित्र सुशासन प्रवर्द्धन गर्नको लागि महानगर अन्तर्गतका शिक्षक तथा कर्मचारीहरु कुनै पनि राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थाको सदस्य हुनु कानून सम्मत हुँदैन।

तसर्थ, काठमाडौं महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई हार्दिक अपिल गरिन्छ। साथै, राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थाको सदस्यको रुपमा राजनीतिक आबद्धता कायम राखेको भएमा काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आबद्धता तत्काल त्याग गरी कानूनको परिपालना गर्न यसै विज्ञप्ती मार्फत सूचित गरिन्छ। अन्यथा, सार्वजनिक रुपमा उजुरी आव्हान गरी वा अन्य उपाय बमोजिम प्राप्त सूचनाको आधारमा कानूनी कारबाही अगाडि बढाउने नीति अख्तियार गरिनेछ।

बालेन्द्र शाह
प्रमुख, काठमाडौं महानगरपालिका

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा २ को खण्ड ग ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ।