अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्ली किसानलाई स्याउ टिप्ने चटारो

जुम्ली किसानलाई स्याउ टिप्ने चटारो


जुम्ला- जुम्लाका स्याउ किसानलाई यो याममा स्याउ बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए ।

बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ । उनले भने, ुस्थानीय जातको स्याउ र गोल्डेन, जातका स्याउ लगाएका छन् । स्थानीय जातको जुम्ली स्याउ पाक्न थालेको छ । घरमै प्रतिकेजी ६० रुपैयाँमा बिक्री सुरु गरेका छौँ । गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लिने गरेका छन् ।ु

ुपाँच हजार रोपनीमा पातिहाल्ल स्याउ तथा कृषि समूह गठन गरी करिब एक हजार स्याउका बिरुवा र केही ओखरका बोट लगाएका छौँ । स्याउ लगाएको चार वर्षपछि फल दिन थालेको छ । यो वर्षमा दुई सय ८० किलो बिक्री भइसकेको छु, पातिहाल्ल स्याउ तथा कृषि समूहका सचिव गोरीकला बस्नेतले बताउनुभयो ।

अरू जातमा गुलियोपन आइसकेको छैन । किसानले मागअनुसार बिक्री गर्ने हो । अहिले जिल्लाको स्याउ तराईका विभिन्न शहरमा जाने गरेको जुम्लाका स्याउ किसान बताउँछन् । कृषि विकास कार्यालय जुम्लाले जिल्लाका किसानदेखि उद्यामी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कार्यालयले जनाएको छ ।

गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग परिपक्व हुने भएकाले अहिले स्थानीय जात र गोल्डेन जातका स्याउ मिलाएर व्यापारीले लिने गरेका छन् । एक सय पाँच क्विन्टल स्याउ सुर्खेत र अछाममा बिक्री गरी रु १२ लाख बराबरको कारोबार भएको तिला गाउँपालिका–२ मा रहेको कृषि सङ्कलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहोराले जानकारी दिनुभयो ।