काठमाडौ- काँग्रेसका स्वर्गीय नेता प्रदिप गीरीको चाहना पुरा गर्न नेतृ सरिता गिरीले नेपाल सद्भावना पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।
गिरिको अन्तिम इच्छा अनुसार आफू सदभावना पार्टीबाट स्वतन्त्र भएको बताएकी छिन् । ‘म दिवंगत माननीय प्रदीप जीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेण्डालाई अगाडी बढाउनका लागि वहाँको अन्तिम इच्छा अनुसार आफू नेपाल सद्भावना पार्टी बाट स्वतन्त्र भएको घोषणा गर्दछु,’ सरिता गिरीले फेसबुकमा लेख्नुभएको छ, ‘नेपाल सद्भावना पार्टीलाई मैरो सदैव सद्भावना रहने छ ।’





प्रतिक्रिया