सुर्खेत -वीरेन्द्रनगर नगरपालिकाले भौतिक पूर्वाधारका योजनामा हुने ढिला सुस्ती रोकेर समयमै सम्पन्न गर्न निर्देशन दिएको छ ।
आज नगरपालिकामा मेयर मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठकले आगामी जेठ १५ गते भित्र सबै योजना कार्यन्वयन गरिसक्न वडाध्यक्षहरुलाई आग्रह गरेको छ ।
प्राविधिक र सबै वडाध्यक्षको उपस्थितीमा भएको बैठकमा बजेट समयमै निकासा गर्ने,योजनमा देखिएका कठिनाइ तत्काल नगरपालिकामा जानकारी गराउने र अवरोध हटाउने अनुगमनलाई प्रभावकारी बनाउने सहमती भएको छ ।
आर्थिक वर्ष २०७९ ८० नीति तथा कार्यक्रम र बजेट अनुसार सबै वडाहरुलाई काममा तिव्रता ल्याउन प्रमुख ढकालले आग्रह गर्नुभएको छ । आर्थिक वर्षको अन्त्यमा योजना सुरु गर्ने,जथाभावी बजेट खर्च हुने प्रवृतिलाई यो निर्णयले रोक्ने नगरपालिकाको अपेक्षा छ ।
प्रतिक्रिया