अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष ओलीको चेतावनी: निषेध होइन प्रतिष्पर्धामा आउनुहोस्

प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष ओलीको चेतावनी: निषेध होइन प्रतिष्पर्धामा आउनुहोस्


काठमाडौं – नेकपा एमालेले सत्ता गठबन्धनलाई निषेध होइन प्रतिष्पर्धाको राजनीति गर्न सुझाएको छ ।  

आज प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओली र दुई उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेलसहितको टीमले भेटेर उक्त कुरा सुझाएको हो ।

उपाध्यक्ष नेम्वाङका अनुसार सत्ता पक्षले प्रतिपक्षलाई निषेधको राजनीति गरेको, दुरगामी महत्वका कानूनहरु बनाउँदा कुनै सुझाव नलिएको विषयमा गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष ओलीले देउवालाई भन्नुभएको छ। ‘शान्ती प्रक्रियाका बाँकी काम टुंगयाउन जथाभावी निर्णय नगर्न अध्यक्षज्यूले प्रधानमन्त्रीलाई भन्नुभएको छ’ नेम्वाङले यो बेलासँग भन्नुभयो ‘अन्तराष्ट्रिय कानुन, सर्वोच्च अदालतको फैसला आदि जस्ता विषयको अध्ययन गर्न उहाँले प्रधानमन्त्रीलाई सुझाउनुभएको छ ।’ आफू प्रधानमन्त्री भएका बेला यस सम्बन्धी धेरै काम अघि बढाएको तर वर्तमान सरकार एक वर्षसम्म चुप लागेर बसेर संसदको समय सकिने बेलामा यो विधेयक अघि बढाएकोमा अध्यक्ष ओलीले आपत्ती जनाउनुभएको छ ।  

यसैगरी नागरिकता विधेयकलाई पास गराउने प्रयास,राष्ट्रपतिले विधेयक पुनर्विचार गर्न फिर्ता पठाँउदा बालुवटारमा गठबन्धनको बैठक बसेर कमा,फूलस्टप पनि परिवर्तन नगर्ने धम्की आदि अशोभनीय भएको अध्यक्ष ओलीको भनाइ थियो ।

यसैगरी देशमा महंगी बढ्नुमा सरकारले भ्रष्टाचारलाई गरेको संरक्षण प्रमुख कारण भएको अध्यक्ष ओलीको भनाइ थियो ।

प्रधनमन्त्री देउवाले प्रतिपक्षी दललाई आफूले निषेधको राजनीति नगरेको बताउनभएको छ । उहाँले प्रतिपक्षी दलले उठाएका कुरामा आफू सकारात्मक भएको जवाफ दिनुभएको छ ।