अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले चलायो डोजर

काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले चलायो डोजर


काठमाडौं – काठमाडौं महानगरपालिकाले सुन्धारामा रहेको काठमाडौं मल र खिचापोखरी स्थित आरबी कम्प्लेक्सको अवैध संरचना डोजर लगाएर भत्काएको छ ।

काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियान तीव्र पारेको छ। महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो ।

बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अवैध संरचना हटाएको हो । त्यस्तै नेपाल प्रहरी र महानगरपालिकाको प्रहरी टोली पनि खटिएको थियो ।

दुई दिनअघि बानेश्वर प्लाजाबाट थालिएको अभियानलाई महानगरले बुधबार काठमाडौं मलअगाडिको संरचना भत्काएर निरन्तरता दियो।

यसअघि गत सोमबार महानगरले बानेश्वर क्षेत्रमा अनाधिकृत संरचना भत्काउनुको साथै पार्किङका लागि बनेको संरचना सोही प्रयोजनमा प्रयोग गर्न निर्देशन दिएको थियो ।