काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले थापाथलीस्थित नर्भिक अस्पतालले सडक मिचेर बनाएको अवैध संरचना हटाएर छाड्ने बताउनु भएको छ ।
आज न्यूरोडस्थित आरबी कम्प्लेक्स परिसरमा बनेका नक्सा पासबिनाका संरचना हटाउन पुगेका शाहले यस्तो बताउनु भएको हो ।
नर्भिकका अवैध संरचना हटाउन खोज्दा रिट परेर सर्वोच्च अदालतले रोकिदिएको छ। तर शाहले त्यो संरचना पनि आफूले हटाएरै छाड्ने बताउनु भएको हो ।

आरबी कम्प्लेक्सका व्यापारीहरुले नर्भिकको पनि संरचना हटाउन चुनौती दिएका थिए। ‘ठूलो सानो सबैलाई कानुन लाग्छ। हामीले जिल्ला अदालतलाई पनि समय दिएका छौँ’, उहाँले भन्नुभयो, ‘हामी नर्भिकको अवैध संरचना पनि हटाएरै छाड्छौँ।’





प्रतिक्रिया