काठमाडौं – वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने बहानामा ६ लाख २४ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौं–१० बस्ने वर्ष २६ को उत्सव दाहाल रहेका छन्।
दाहालले धनञ्जय कुमार कार्कीलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु, क्रोएसिया पुगेपछि एग्रिकल्चर फार्ममा काम लगाइदिन्छु मासिक रु. एक लाखसम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरूबाट ६ लाख २४ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका थिए।
वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएकोमा दाहाललाई खोजतलास गर्ने क्रममा मिति सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रतिक्रिया