अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना गरेको छैन : देव गुरुङ

संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना गरेको छैन : देव गुरुङ


काठमाडौं – नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना नगरेको बताउनुभएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकत्ता रहेको बताउनुभयो ।

महासचिव गुरुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा समयमै, स्वतन्त्र र निष्पक्ष ढङ्गले हुनुपर्नेमा जोड दिनुभयो । अस्थिरता, अराजकता र मुलुकको राष्ट्रिय अस्मितामाथिका समस्याको सामना गर्न आन्तरिकरूपमा स्थिरता र स्थायित्व जरुरी रहेको उहाँको भनाइ थियो । उहाँले आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनभित्र एक÷दुई दिनभित्रै सिट बाँडफाँटको टुङ्गो लाग्ने स्पष्ट पार्नुभयो ।