अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिचिङ अस्पतालबाट भागेका कैदी लुभुबाट पक्राउ

टिचिङ अस्पतालबाट भागेका कैदी लुभुबाट पक्राउ


काठमाडौ -त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट फरार भएका कैदी पक्राउ परेका छन् । अस्पतालबाट फरार भएका रामेछाप पिल्पुङग गाउँपालिका वडा नं २ घर भएका ३१ वर्षीय भोला बुढाथोकीलाई ललितपुर प्रहरीले लुभुबाट पक्राउ गरेको हो।
बुढाथोकी २०७० सालमा हत्या गरेको आरोपमा पक्राउ परेका थिए । हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका थिए ।

बुधबार टिचिङ अस्पतालमा उपचारका लागि लगिएका बुढाथोकी अस्पतालबाट भागेका थिए । कैदीबन्दी फरार घटनाको सम्बन्धमा अध्ययन गर्न कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा रहेका थिए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले कैदीबन्दी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाएको थियो । साथै कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बनसमेत गरेको छ ।