काठमाडौ- नेकपा एस स्थापनाको एक वर्ष पुगेकै दिन सुदुरपश्चिमका हस्ती विक्रमहादुर शाहीले पार्टी त्याग्नु भएको छ । माधव नेपालले पार्टीलाई माओवादीमा मिसाउने निर्णय गरेको तीन नपुग्दै सुदुरपश्चिम कमिटी अध्यक्ष शाहीले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । स्रोतका अनुसार एमाले उच्च नेतृत्वसँगको भेटघाट पछि शाही मुल घर एमालेमा नै फकिर्न राजी हुनुभएको हो ।
शाहीले सामाजिक सञ्जालमा आफ्नो बिचार लेख्दै पार्टी त्यागको निर्णय सार्वजनिक गर्नुभएको हो ।
शाहीको भनाई जस्ताको तस्तै

शाहीले फेसबुकमा लेख्नु भएको छ २०५४ सालमा बामदेबले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी बिभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे । गत बर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी बिभाजन भयो । त्यसको लाग्ने मा म पनि थिएँ । पार्टी बिभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुलाई नै फाइदा पुर्यायो । त्यस वापत पछुतो र आत्मग्लानी भएको छ । बिगत ५–६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्थामा थिएँ भने आजका मितिदेखि म कुनै दल सङ्ग आवद्ध नरहेको घोषणा गर्दछु ।





प्रतिक्रिया