काठमाडौ- नेकपा एकीकृत समाजवादीले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको नाम सिफारिस गरेको छ ।
५ नम्बर क्षेत्रीय कमिटीको बुधवार साँझ बसेको बैठकले प्रतिनिधिसभा सदस्यका लागि विद्यार्थी नेता पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको हो ।
पराजुलीले एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग चुनावी प्रतिस्पर्धा गर्न खोजेका छन् । नेकपा एसले सो क्षेत्र गठबन्धनबाट पाउँदा पराजुली उम्मेदवार बन्ने तयारी छ ।





प्रतिक्रिया