अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलामबाट झलनाथ खनाल र सञ्जीव राईको नाम सिफारिस

इलामबाट झलनाथ खनाल र सञ्जीव राईको नाम सिफारिस


काठमाडौं – नेकपा एकीकृत समाजवादी इलामले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि इलाम-१ मा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम सिफारिस गरिएको छ। त्यस्तै इलाम–२ बाट भने युवा संघका केन्द्रीय उप-महासचिव सञ्जीप राईको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा सदस्यका लागि इलाम-१ (क) र (ख) मा भक्त केसी, खिनु लङुवा, जितबहादुर राई, बृहस्पति खतिवडा र सावित्रा गड्तौलाको नाम सिफारिस गरिएको छ ।

इलाम-२ (क) र (ख) मा हरि बाला, प्रमिला बस्नेत, सञ्जीप राई, सोम शर्मा, हर्क साम्बाको नाम सिफारिस गरिएको छ ।