अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कीर्तीपुरमा पनि मापदण्ड विपरीत बनेका संरचना भत्काउन सुरु

कीर्तीपुरमा पनि मापदण्ड विपरीत बनेका संरचना भत्काउन सुरु


काठमाडौं – काठमाडौं महानगरपछि कीर्तिपुर नगरपालिकाले पनि अवैध संरचना भत्काउने अभियान थालेको छ । कीर्तीपुर नगरपालिकाले वडा नम्बर-१० मा मापदण्ड विपरीत निर्माण भएको पर्खाल भत्काएको छ ।

मेयर राजकुमार नकर्मीका अनुसार वडा नं १० को नयाँ बजारमा नक्सा पास नभएको संरचना भत्काइएको हो। 

नक्सा पासबिनै पर्खाल लगाएको भेटिएपछि नगरपालिकाले डोजर लगाएर भत्काएको हो।