अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिन्द्र रायको संयोजकत्वमा नेपाल समाजवादीको निर्वाचन परिचालन समिति गठन

महिन्द्र रायको संयोजकत्वमा नेपाल समाजवादीको निर्वाचन परिचालन समिति गठन


काठमाडौं – नेपाल समाजवादी पार्टीले सो पार्टीका अध्यक्ष महिन्द्र राय यादवको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठक सो समिति गठन गरेको हो ।  सो समितिको सह संयोजकमा पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठका साथै सबै केन्द्रीय पदाधिकारीहरू, प्रदेश इन्चार्जहरु र विभागीय प्रमुखहरु रहेका छन् ।

त्यसैगरी मंसिर ४ गते हुने निर्वाचनको घोषणापत्र लेख्न अध्यक्ष डा. भट्टराईको संयोजकत्वमा एमपी रिजाल, डा. जनक शाह, इन्जिनियर नहेन्द्र प्रधान, दुर्गादेवी भट्टराई, डा. गजाधर सुनार र जगदेव चौधरी रहेको ७ सदस्यीय घोषणापत्र समिति बनाएको छ। 

त्यसैगरी कार्यकारिणी बैठकले ९८ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ। त्यस्तै ९३ सदस्यीय राजनीतिक समिति पनि गठन गरिएको छ।

समाजवादीले गोविन्दप्रसाद चौधरीलाई सहअध्यक्षमा मनोनित गरेको छ। यसअघिका सहअध्यक्ष दानबहादुर चौधरी एमालेमा प्रवेश गरेका छन्। 

त्यस्तै, केन्द्रीय कार्यालय प्रमुखमा फणीन्द्र देवकोटा, पार्टी कोष निर्माण तथा परिचालन विभागको प्रमुखमा हरि रिजाल र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नहेन्द्र प्रधानलाई जिम्मेवारी दिइएको छ ।

बैठकले समाजवादी थारू संघको इन्चार्जमा गोविन्द प्रसाद चौधरी, समाजवादी महिला संगठनको इन्चार्जमा हिसिला यमी, शिल्पी-दलित महासंघको इन्चार्जमा दुर्गा सोब, समाजवादी विद्यार्थी युनियनको इन्चार्जमा बन्दना सुवेदी, समाजवादी युवा संघको इन्चार्जमा राजु नेपाल, बौद्धिक पेशाकर्मी महासंघको इन्चार्जमा दुर्गा भट्टराई, समाजवादी ट्रेड युनियन महासंघको इन्चार्जमा लालध्वज नेम्वाङ, समाजवादी मुस्लिम संघको इन्चार्जमा मो. इजरायल अहमदलाई जिम्मेवारी तोकेको छ।

पार्टीले मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरी सबै प्रदेशमा एक दिवसीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ।