काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमाथि भरोसा गर्दा आफूहरूको विल्लिबाँठ भएको बताउनु भएको छ ।
आज नेकपा एकीकृत समाजवादी, पार्टी पुनर्गठन दिवसको अवसरमा बोल्दै सम्मानित नेता खनालले स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो स्वतन्त्र नीति लिएर अगाडि बढ्न नसक्दा सोचे जस्तो विजयी हासिल गर्न नसकेको बताउनुभएको हो ।
‘गठबन्धनको भरोसा गरेर अगाडि बढ्न खोज्दा पार्टीको विकास, विस्तार विजयीमा नकारात्मक असर पर्यो’, उहाँले भन्नुभयो ।
उहाँले गठबन्धनकै कारणले निर्वाचनमा आफ्नो यथार्थ जनमत प्रकट गर्न नसकेकोसमेत बताउनुभयो ।





प्रतिक्रिया