काठमाडौं – आगामी निर्वाचनमा सिट बाँडफाँट गर्नेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँट गर्न बनेको कार्यदलका सदस्यहरूसहितको बैठकमा सामान्य छलफल भएपनि निष्कर्षमा पुग्न नसकिएको हो ।
यसअघिका बैठकमा सहमति जुट्न नसकेपछि बिहीबार पनि बैठक बसेको थियो । तर, सहमति नजुटाई विनानिष्कर्ष बैठक सकिएको छ ।
सिट फाँडफाँटका लागि बनाएको कार्यदलले सहमति जुटाउन नसकेपछि फेरि गठबन्धनकै शीर्षनेतालाई सिट बाँडफाँटको जिम्मेवारी दिइएको छ । तर, शीर्षनेताहरुले पनि सिट बाँडफाँटमा सहमति जुटाउन नसकेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकमा दलहरुले आ–आफ्नो अडान राख्दा सहमति नजुटेको हो । सहमति जुट्न नसकेपछि बिहीबार पुनः बैठक बस्ने तयारी गठबन्धनको छ। सिट बाडँफाँडको विषयलाई लिएर गठबन्धन थप पेचिलो बनेको छ । गठबन्धनका एक नेताका अनुसार गठबन्धनमा सिट बाँडफाँडको कुरा मिल्ने अवस्था नै छैन ।
काङ्ग्रेस १०० सिट लिएर समानुपातिकसहितको एकल सरकार बनाउने दाउँमा र माओवादी कांग्रेसलाई साइज राखेर सिट लिने र चुनावपछि अरुसँग मिलेर सरकार बनाउने दाउँमा रहेका कारण यो पटक सिटबाँडफाँड मिल्ने छाटकाँटै छैन । एकले अर्कोलाई अहिले अल्झाउने र एमालेसँग मिल्न नदिने दाउँमा गठबनधनका नेताहरु छन् ।





प्रतिक्रिया