काठमाडौं – नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि पाँच बुँदे मापदण्ड तय गरेको छ।
आज बसेको पोलिटब्युरो बैठकबाट पाँच बुँदे मापदण्ड बनेको एक नेताले जानकारी दिनुभयो ।
मंसीर ४ गतेको चुनावको लागि एक्लै तयारी गर्नुपर्ने निष्कर्षमा पुगेको एमालेले निर्वाचन केन्द्रीत कार्यक्रम गर्ने पनि निर्णय गरेको छ।

निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मापदण्ड बनाएको हो । पहिलो, पार्टी नीति प्रति प्रतिबद्ध रहेको। दोस्रो, लोकप्रिय, जनतामा प्रभाव पार्न सक्ने। तेस्रो, आन्दोलनमा योगदान गरेको, निष्ठावान, पार्टीलाई सहयोग गरेको । चौथो, सन्तुलित, समानुपातिक र सबै क्षेत्र, वर्गबाट सहभागी र पाँचौ, निर्वाचन कानून अनुसार योग्य व्यक्तिलाई प्रदेश र प्रतिनिधि सभामा उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ।
अध्यक्ष केपी शर्मा ओली आफैँले उम्मेदवार छनौट गर्ने छन्। एमाले केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते काठमाडौंमा बस्दैछ।





प्रतिक्रिया