काठमाडौं – नेकपा एकीकृत समाजवादीले आज पहिलो स्थापना दिवस मनाएको छ ।
काठमाडौंमा पार्टी स्थापना दिवसका अवसरमा बिहीबार भव्य कार्यक्रम आयोजना हुँदा सो पार्टीबाट मन्त्री भएका चारजना पूर्वमन्त्रीहरू भने सहभागी भएनन् । नेकपा एमालेबाट विद्रोह गरेर बनेको नेकपा एसले गतवर्ष आजकै दिन पार्टी दर्ताको प्रमाणपत्र पाएको थियो ।
पूर्वमन्त्री रामकुमारी झाँक्री राजधानी बाहिर गृह जिल्ला गुल्मी भएकाले कार्यक्रममा उपस्थित नभएको एक केन्द्रीय सदस्यले बताउनु भयो । तर, अन्य तीनजना पूर्वमन्त्रीहरूपनि कार्यक्रममा उपस्थित थिएनन् । विरोध खतिवडा, प्रेम आले र किसान श्रेष्ठ पनि कार्यक्रममा सहभागी थिएनन् । उहाँहरू कार्यक्रममा नदेखिनुको कारण मन्त्रीबाट हटाएपछिको असन्तुष्टि बुझिएको छ ।
स्थापना दिवस कार्यक्रममा कार्यकर्ताहरूको भिड देखिन्थ्यो भने नेताहरूको खासै उपस्थिति थिएन । अझ मञ्चमा ५–७ जना नेताहरूमात्र बसेका थिए ।
अध्यक्ष माधवकुमार नेपाल, सम्माननित नेता झलनाथ खनाल, दुई जना उपाध्यक्ष, महासचिव मञ्चमा बसेका थिए । पदाधिकारी मात्र १७ जना रहेका छन् । ७ जना उपाध्यक्ष छन् । तीन जना उपमहासचिव र ५ जना सचिव छन् ।





प्रतिक्रिया