अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङमा कांग्रेस क्षेत्रीय सभापतिमाथि हातपात

मोरङमा कांग्रेस क्षेत्रीय सभापतिमाथि हातपात


मोरङ – नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ४ का सभापति विनोद बस्नेतमाथि कार्यकर्ताले हातपात गरेका छन्।

आगामी तिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसका विषयमा विवाद हुँदा उहाँलाई कुटपिट गरिएको हो।

बस्नेतलाई विराटनगर महानगरपालिका-३ स्थित वन कार्यालय अगाडिको चिया पसलमा बिहीबार बिहान कांग्रेस कार्यकर्ताले नै हातपात गरेका हुन्।

आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रदेशको समानुपातिक सूचीमा आफ्नो नाम सिफारिस गर्न आग्रह गर्दै पुगेका राजु थापाले हातपात गरेका हुन्।

स्थानीय तहको चुनावमा आफूलाई टिकट नदिएको भन्दै असन्तुष्ट बनेका उनले समानुपातिक सूचीमा आफ्नो नाम राख्न भनेपछि बस्नेतले प्रदेश निर्वाचन क्षेत्रबाट प्रक्रिया पुर्‍याएर सिफारिस आउनुपर्ने बताए । सोही विषयमा विवाद बढ्दै जादा थापा र बस्नेतबीच हात-हालाहालको अवस्था सृजना भएको घटनास्थलमा कांग्रेसका एक कार्यकर्ताले बताए ।